सेयर बजारमा गिरावट
merolifestyle.com · Wed Nov 09 09:57:41 GMT 2022
बुधबार सेयर बजार ३९.१५ अंकले घटेको छ। आज नेप्से २ प्रतिशतले घटेर १९१७.२२ बिन्दुमा पुगेर बन्द भएको हो।
नेप्से परिसूचक घटेपनि आज कारोबार रकममा भने केही वृद्धि भएको छ। मंगलबार १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँ बराबरको कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँ पुगेको छ।
आज २२३ वटा धितोपत्रको ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर किनबेच भएको छ। बुधबार अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। उक्त कम्पनीको सेयरमूल्य ७.४२ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य ३९१ रुपैयाँमा बन्द भएको छ।
त्यस्तै, नबिल ब्यालेन्सड् फण्डको इकाइ मूल्य ७.८५ प्रतिशतले बढेर प्रति इकाई मूल्य ७ रुपैयाँ ८५ पैसा कायम भएको छ।
आज सेयर मूल्य सर्वाधिक घट्नेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.९५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३०१ रुपैयाँमा झरेको छ। त्यस्तै, गुराँस लघुवित्तको सेयर मूल्य ७.६० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८२० रुपैयाँ कायम भएको छ।
आज सर्वाधिक सेयर खरिद–बिक्री नेष्डो समृद्धि लघुवित्तको भएको छ। कम्पनीको ३ हजार २४४ रुपैयाँमा ६ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ६४५ रुपैयाँमा ६ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक परिसूचक घट्दा समग्र नेप्से घटेको हो। आज वित्त समूहको परिसूचक सर्वाधिक ४.७३ प्रतिशतले घटेको छ।
त्यस्तै, विकास बैंक समूहको परिसूचक ३.१८ प्रतिशतले घटेको छ भने होटल्स तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का
Leave a Reply Cancel reply
Your email address will not be published. Required fields are marked *
प्रतिकृया *
Save my name, email, and website in this browser for the next time I comment.
Read full story at source (merolifestyle.com)