विश्व बजारमा किन घट्यो तेलको भाउ ?
ratopati.com · Mon Aug 24 10:40:54 GMT 2026

न्युयोर्क । विश्व बजारमा सोमबार कच्चा तेलको भाउ ओरालो लागेको छ । लगानीकर्ताहरूले हालैका दिन तेलको भाउमा भएको वृद्धिबाट लाभ उठाउन तेलमा गरिएको लगानी बेच्न थालेसँगै सोमबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १ डलरभन्दा बढीले घटेको हो ।
अमेरिकाले इरानमाथि लगाउने अपेक्षा गरिएको नयाँ प्रतिबन्धका विवरणको प्रतीक्षामा लगानीकर्ताहरूले लगानी थाँती राखेकोले पनि बजार दबाबमा आएको हो । नयाँ प्रतिबन्धले पश्चिम एशियाबाट हुने तेल आपूर्तिमा थप अवरोध आउन सक्ने आशंका गरिएको छ ।
Read full story at source (ratopati.com)