सधै कञ्चन देखिने रुकुमको ‘मुसे’ झरना
gorkhapatraonline.com · Mon Aug 24 10:31:46 GMT 2026

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ४ स्थित मुसे झरनाले पछिल्लो समय आन्तरिक पर्यटकलाई आकर्षण गरिरहेको छ । सधै कञ्चन देखिने यहाँको पानीले वर्षायाममा झरना थप लोभलाग्दो हुन्छ ।
वर्षायामको पानीले ठुलो देखिने र धमिलो नहुने लोभलाग्दो झरना हेर्न आउनेहरुको संख्या बढीरहेको छ । यो झरनामा सधै सफा र स्वच्छ सेतो पानी देखिन्छ । सानीभेरी गाउँपालिका –४ का वडा अध्यक्ष मनोज बुढाथोकीले जिल्ला सदरमुकामबाट गरायला हुँदै आठबिसकोट जाने सडकको छेउमा रहेको यो झरना हेर्न आउनेहरुको संख्या दैनिक बढीरहेको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)