थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी
khabarhub.com · Mon Aug 24 10:45:00 GMT 2026

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट, आगजनी तथा तोडफोड भएपछि प्रधानमन्त्री अनुतिन चार्नविराकुलले उच्चस्तरीय सुरक्षा बैठक बोलाएका छन्।
नाराथिवाट, पट्टानी र यालामा भएका घटनामा तीन सर्वसाधारण घाइते भएका छन्। पट्टानीमा ७–इलेभेन पसलमा आगजनी तथा नाराथिवाटमा रेलमार्गमा बम विस्फोट गराइएपछि स्थानीय र लामो दूरीका रेल सेवा प्रभावित भएका छन्।
Read full story at source (khabarhub.com)