समाजलाई प्रविधि भन्दा नैतिकता,आचरण र इमान्दारीताको खाँचो छः राष्ट्रपति पौडेल
ajakoartha.com · Mon Aug 24 10:47:00 GMT 2026

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ भएको बताएका छन् । नेपाल जनप्रशासन संघद्धारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रविधि र क्षमता अरुबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण, नैतिकता र इमान्दारीता आफ्नै अन्तस्करणको विषय भएको बताए ।
आधुनिक प्रविधिसँगै आधुनिक प्रशासन चाहिने भएपनि आधुनिक प्रशासनको आधार पनि नैतिक र जिम्मेवार नेतृत्व नै हो भन्ने भावलाई बिर्सन नहुने उनले बताए । उनले भने,‘मलाई लाग्दछ, आज हाम्रो समाजलाई त्यही नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाँचो छ ।’
Read full story at source (ajakoartha.com)