बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न एमाले सांसद अर्यालको माग
techpana.com · Mon Aug 24 10:42:22 GMT 2026

काठमाडौं । नेकपा (एमाले) की नेतृ एवं सांसद पद्मा अर्यालले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा उमेरको हदबन्दी र मापदण्ड तोक्न सरकारसँग माग गरेकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अर्यालले सामाजिक सञ्जालको बढ्दो र अनियन्त्रित प्रयोगले बालबालिकाको भविष्य संकटमा परेको भन्दै यस्तो माग गरेकी हुन् ।
प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेतृ अर्यालले अस्ट्रेलिया लगायतका देशले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोकेको उदाहरण दिँदै नेपालमा पनि यस विषयमा सरकारले स्पष्ट योजना ल्याउनुपर्नेमा जोड दिइन्।
Read full story at source (techpana.com)