भाइरल भिडिओले जन्माएको चासो : के गरिमा हत्यामा दुईजना संलग्न थिए ?
nepalpress.com · Mon Aug 24 05:24:09 GMT 2026

काठमाडौं । दुई वर्षीया बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपी बताइएका नाबालकको एउटा भिडियो सामाजिक सञ्जालमा लिक भएपछि तरंग उब्जिएको छ । उक्त भिडियोमा आरोपीसँग प्रहरीको उपस्थितिमा घटनाबारे सोधपुछ भइरहेको देखिन्छ ।
हातमा हत्कडी लगाइएका बालकले निर्धक्कसँग आरोप स्वीकार गरेका छन् । तर बालिकामाथि बलात्कार र हत्यामा आफू मात्र नभएर थप एक व्यक्ति संलग्न रहेको उनले बताएका छन् । सिमरा चोकमा घर भएका प्रदीप खड्काको योजना र संलग्नतामा यो सबै भएको उनको दाबी छ ।
Read full story at source (nepalpress.com)