मुस्ताङमा ‘खुदा गवाह’ छायाङ्कनका तीन दशक : जहाँ जोडिएको छ अमिताभ बच्चन र ओम्स होमको रोचक इतिहास
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

काठमाडौँ । सन् १९९१ को बहुचर्चित बलिउड चलचित्र ‘खुदा गवाह’को कथा अफगानिस्तानको पृष्ठभूमिमा आधारित थियो। चलचित्रको कथाअनुसार अफगानिस्तानमै छायाङ्कन गर्नुपर्ने भए पनि त्यति बेला त्यहाँको आन्तरिक द्वन्द्वका कारण सुटिङ सम्भव भएन र निर्माण टोलीले वैकल्पिक लोकेसनको खोजी थाल्यो।
लामो लोकेसन हन्टिङपछि निर्देशक मुकुल आनन्दको नजर नेपालको दुर्गम क्षेत्र मुस्ताङमा पुग्यो। मुस्ताङको मरुभूमिजस्तो भूगोल, नाङ्गा पहाड र अफगानिस्तानसँग मिल्दोजुल्दो प्राकृतिक दृश्यले चलचित्रका लागि उपयुक्त वातावरण भेटियो। अन्ततः जोमसोम, स्याङ र ठिनीलगायतका क्षेत्रलाई छायाङ्कनका लागि रोजियो। उपलब्ध अभिलेखहरूले सन् १९९१ अक्टोबरमा ‘खुदा गवाह’को छायाङ्कन मुस्ताङमा भएको पुष्टि गर्छन्।
Read full story at source (hamrakura.com)