भारतीय टिमका पूर्व क्रिकेटर भरत काठमान्डु गोर्खाजबाट खेल्ने
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026
काठमाडौँ । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि भारतका पूर्व खेलाडी केएस भरतलाई अनुबन्धन गरेको छ । आउँदो सिजनको एनपीएलका लागि काठमान्डु गोर्खाजले अनुबन्धन गरेको उनी पहिलो खेलाडी हुन् । विकेटकिपर भरत माथिल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् ।
भरतले भारतका लागि ७ टेस्ट खेलेका थिए, जसमा २०२३ को जुनमा इंग्ल्यान्डको द ओभलमा अस्ट्रेलियाविरुद्धको विश्व टेस्ट च्याम्पियनशिप फाइनल पनि रहेको छ । २०२३ को फेब्रुअरीमा उनले अस्ट्रेलियाविरुद्ध नागपुरमा आफ्नो पहिलो टेस्ट खेलेका थिए । उनले आफ्नो ७ मध्ये ५ टेस्ट अस्ट्रेलियाविरुद्ध खेलेका छन् ।
Read full story at source (hamrakura.com)