लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएकी छिन्।
थारू कल्याणकारिणी सभाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढङ्गले समाधान खोजिनुपर्ने बताएकी हुन्। थारू समुदायले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ।
Read full story at source (hamrakura.com)