थाइल्याण्डका दक्षिणी प्रान्तहरूमा शृंखलाबद्ध हिंसात्मक आक्रमण, कर्फ्यु जारी
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । थाइल्याण्डको दक्षिणी सीमावर्ती प्रान्तहरूमा अज्ञात समूहद्वारा शृंखलाबद्ध रूपमा हिंसात्मक आक्रमणका घटनाहरू घटाइएपछि सुरक्षा सतर्कता उच्च पारिएको छ। थाइल्याण्डको ‘फोर्थ आर्मी रिजन’ले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार राति ८ बजेदेखि नाराथिवाट, याला र पट्टानी प्रान्तका विभिन्न स्थानमा लक्षित गरी आगजनी र विस्फोटका घटनाहरू गराइएका थिए। अज्ञात समूहले प्रशासनिक कार्यालयहरूमा आगजनी गर्ने, सडकमा सवारी साधनका टायर जलाउने तथा विद्युत्का पोल र पसलहरूमा बम विस्फोट गराउने जस्ता आपराधिक गतिविधिहरू गरेका छन्।
Read full story at source (hamrakura.com)