बाजुराको प्रसिद्ध धार्मिक स्थल बडीमालिकातर्फ सरकारी टोली प्रस्थान, जनैपूर्णिमा मेलाको तयारी तीव्र
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा ख्यातिप्राप्त बाजुराको बडीमालिका मन्दिरमा पूजाआजाका लागि बाजुराको सरकारी टोली औपचारिक रूपमा प्रस्थान गरेको छ। सदरमुकाम मार्तडीस्थित मालिका मन्दिरमा पूजाआजा गरेपछि सुरक्षाकर्मीको सलामी, बाजागाजा र पञ्चकन्या तथा महिलाहरूले फूलमाला र जमराको डोकरीसहित टोलीलाई बिदाइ गरेका छन्।
बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा र जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरासहितको एकीकृत टोली बडीमालिकातर्फ गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। प्रहरी प्रमुखकै नेतृत्वमा टोली गएकाले त्यहाँको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकताका साथ प्रभावकारी बनाइएको छ। जिल्लाको टोली प्रस्थान गरेको अवसरमा आज नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ।
Read full story at source (hamrakura.com)