पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्यो
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै यसको संरक्षण व्यवस्थापनलाई अन्तरराष्ट्रिय स्तरको बनाउन ‘बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तरराष्ट्रिय मापदण्ड’ (सिए टिएस ) प्रमाणीकरण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ।
सन् २०२२ मा ४१ वयस्क बाघ रहेको यस निकुञ्जमा सन् २०२६ को ताजा गणनाअनुसार बाघको सङ्ख्या बढेर ७१ पुगेको छ। यो महत्वपूर्ण उपलब्धि हासिल भएपछि संरक्षण कार्यलाई दीर्घकालीन, वैज्ञानिक र गुणस्तरीय बनाउन यो कदम चालिएको हो।
Read full story at source (hamrakura.com)