श्रेस्ता राखिएको कोठामै आगलागी, आठ वर्षका अभिलेख खरानी
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

हुम्ला । ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागीमा आर्थिक तथा प्रशासनिक कारोबारसँग सम्बन्धित आठ वर्षका अधिकांश महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका छन्। विद्युत्को तार सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान भए पनि महत्वपूर्ण सरकारी श्रेस्ता राखिएको कोठामै आगो लाग्नुले घटनाको कारणबारे थप अनुसन्धान आवश्यक देखिएको छ।
ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित प्रशासनिक भवनको लेखा शाखाको स्टोरमा सोमबार बिहान करिब १ बजे आगलागी भएको हो। स्थानीय र प्रहरीको प्रयासमा बिहान ३:४५ बजे आगो नियन्त्रणमा आएको थियो।
Read full story at source (hamrakura.com)