कोशीका मुख्यमन्त्री कार्कीले पाए तेस्रो पटक विश्वासको मत
lokaantar.com

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो ।
९२ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको छ । उनलाई नेकपा (एमाले) का उपसभामुखसहित ४० जना र नेकपाका १७ जना सांसदले मत दिएका हुन् ।
Read full story at source (lokaantar.com)