अब हरेक वर्ष साउन १ मै मौद्रिक नीति, अर्थ समितिमा जुट्यो सहमति
bishowkhabar.com · Mon Aug 24 10:55:14 GMT 2026

काठमाडौं– अबदेखि नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्नेगरी कानुनी व्यवस्था मिलाइने भएको छ । बजेट सार्वजनिक गर्ने मिति निश्चित भएजस्तै मौद्रिक नीति सार्वजनिक गर्ने दिन पनि निश्चित गर्न प्रतिनिधि सभाको अर्थ समितिमा सहमति जुटेको हो ।
सोमबार बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै मौद्रिक नीति सार्वजनिक गर्ने मिति साउन १ गते तोक्ने विषयमा सहमति भएको हो ।
Read full story at source (bishowkhabar.com)