बागमती प्रदेश सभामा नेपाली कांग्रेसद्वारा ‘भद्र बहिष्कार’को तयारी, सर्वदलीय बैठक निष्कर्षविहीन
ratopati.com · Mon Aug 24 10:59:05 GMT 2026

हेटौँडा । बागमती प्रदेश सभाको बैठक सञ्चालन गर्ने विषयमा अन्योलता बढेको छ । बैठक सञ्चालनका लागि उपसभामुख अप्सरा चापागाईंले आह्वान गरेको सर्वदलीय बैठक कुनै ठोस निष्कर्षमा पुग्न नसकेपछि प्रदेश सभाको आगामी प्रक्रिया अन्योलपूर्ण बनेको हो।
बैठकमा सहभागी दलहरूबीच सहमति नजुट्दा ५ बजेका लागि तय गरिएको प्रदेश सभाको बैठक प्रभावित हुने देखिएको छ । यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक ‘भद्र बहिष्कार’ गर्ने तयारी गरेको छ। कांग्रेसका प्रमुख सचेतक पुकार महर्जनका अनुसार सदनमा नाराबाजी वा विरोध प्रदर्शन गर्नुको साटो बैठकमा उपस्थित नभई वा बैठकबाट बाहिरिएर ‘भद्र बहिष्कार’ गर्ने नीति लिइएको हो।
Read full story at source (ratopati.com)