‘फुटसल मेनिया’मा ४८ विद्यालय भिड्दै
baahrakhari.com · Wed Jul 01 15:22:38 GMT 2026
काठमाडौं । ‘प्लस टु’ अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै बिहानी इभेन्ट्सले असार ३२ देखि साउन २ गतेसम्म ‘फुटसल मेनियाः नेसनल इन्टर हाई स्कुल फुटसल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ ।
तारकेश्वर नगरपालिकास्थित टिपटप स्पोर्ट्स हबमा हुने प्रतियोगितामा देशभरका ४८ उच्च माध्यमिक विद्यालयका टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा बढीमा २० वर्षका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीसमेत सहभागी हुन पाउने व्यवस्था गरिएको छ । त्यस्तै एउटा विद्यालयबाट दुईवटा टोलीसम्म सहभागी हुन पाउनेछन् ।
Read full story at source (baahrakhari.com)