स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते
reportersnepal.com · Mon Aug 24 11:20:13 GMT 2026

उदयपुर, ८ भदौ । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बेलका नगरपालिका–५ की अन्दाजी ३४ वर्षीया मन्दिरा मगर र नामथर, उमेर तथा ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।
Read full story at source (reportersnepal.com)