प्रदेशसभामा सोमबार अनुपस्थित हुने सांसद को–को हुन् ?
ratopati.com · Mon Aug 24 11:23:22 GMT 2026

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिए । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत पाए भने विपक्षमा २२ मत प्राप्त भयो । मत दिन्न भन्ने सांसदको संख्या ४ रह्यो । ९२ सदस्यीय प्रदेशसभामा मत विभाजन प्रक्रियामा भने ८३ जना सांसद मात्रै सहभागी भए।
सहभागी नहुने सांसदहरू ७ जना प्रमुख विपक्षी दल नेपाली कांग्रेसका र १ जना जसपाकी सांसद हुन्। जसमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, सांसदहरू राम खत्री, भूमि राजवंशी, मोहन महर्जन, लखिकुमारी गणेश, शमशेर राई र डोल्मा तामाङ रहेका छन्। जसपाकी एक मात्रै सांसद निर्मला लिम्बू पनि मत विभाजन प्रक्रियामा सहभागी भइनन्।
Read full story at source (ratopati.com)