पहिचान नभएका शव व्यवस्थापन
gorkhapatraonline.com · Wed Sep 02 04:52:57 GMT 2026

कास्की ल्याइएका भोटेकोशी बाढीका मृतकका शवमध्ये ७६ वटाको व्यवस्थापन गरिएको छ । पहिचान नभएका शव मङ्गलबार अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्दै पोखरा महानगरपालिका–१६ को सिसौघारीमा व्यवस्थापन गरिएको छ ।
सेती नदी किनारको सिँचाइ विभागको सरकारी जग्गामा पहिचानसहित शवहरू व्यवस्थापन गरिएको हो । पोखरा ल्याइएका १०२ शवमध्ये १९ वटा पहिचानपछि आफन्तलाई हस्तान्तरण गरिसकिएको छ । कास्कीमा व्यवस्थापनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट ४१ वटा, धादिङबाट २७, गोरखाबाट ११ र तनहुँबाट २४ शव ल्याइएको थियो ।
Read full story at source (gorkhapatraonline.com)