हर्मुज खुलाउनेबारे इरान-ओमान छलफल
gorkhapatraonline.com · Mon Aug 24 11:27:51 GMT 2026

हर्मुजको जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने उपायबारे छलफल गर्न ओमानका विदेशमन्त्री बद्र अल-बुसाइदीले मङ्गलबार इरान भ्रमण गर्नुहुने भएको छ । उहाँले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग जलमार्गको सुरक्षा तथा द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल गर्नुहुनेछ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भ्रमणले हर्मुजका दुई तटीय राष्ट्रबिच जारी राजनीतिक परामर्शलाई अघि बढाउने बताउनुभएको छ । उहाँका अनुसार क्षेत्रीय शान्ति तथा सुरक्षा सुदृढ गर्नु र इरान-ओमान सहयोग विस्तार गर्नु भ्रमणको प्रमुख उद्देश्य हो । फेब्रुअरी २८ मा मध्यपूर्वमा युद्ध सुरु भएयता इरानले तेल तथा ग्यास ढुवानीका लागि महत्त्वपूर्ण हर्मुज जलघाँटीमा नियन्त्रण कायम राखेको छ ।
Read full story at source (gorkhapatraonline.com)