लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्री नियुक्त
gorkhapatraonline.com · Mon Aug 24 11:27:35 GMT 2026

लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्री नियुक्त हुनुभएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गर्नुभएको हो।
नियुक्त हुनुभएको तीन जना नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सिफारिस हुनुभएको हो । नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार दिउँसो ३ बजेर २५ मिनेटमा राखिएको छ।
Read full story at source (gorkhapatraonline.com)