चार विधेयकलाई संसदीय समितिमा पठाउँदै प्रतिनिधिसभा बैठक भदौ ९ गतेसम्म स्थगित
ratopati.com · Mon Aug 24 11:34:15 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ। विधेयकहरूमाथि प्राप्त संशोधन र सामान्य छलफलपछि थप परिमार्जनका लागि समितिमा पठाइएको हो।
सोमबारको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बैठकले स्वीकृत गरेको छ।
Read full story at source (ratopati.com)