सनराईज फोकस्ड इक्वीटी फण्डले ४.५ प्रतिशत नगद लाभांश दिने
barnanmedia.com · Mon Aug 24 11:29:18 GMT 2026

काठमाडौं । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराईज फोकस्ड इक्वीटी फण्डले गत आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट इकाईधनीलाई ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले करसहित ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश वितरणका लागि बुक क्लोजको मिति भने तय हुन बाँकी छ । बुक क्लोजको मितिसम्म कायम रहेका इकाईधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।
Read full story at source (barnanmedia.com)