‘बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’ अभियानको सद्भावना दूत बने ‘मह जोडी’
kalakarmi.com · Mon Aug 24 11:45:49 GMT 2026

काठमाडौं- तेरापन्थ युवक परिषद्, काठमाडौंले रक्तदान तथा मरणोपरान्त नेत्रदानलाई जनआन्दोलनका रूपमा विस्तार गर्ने अभियान घोषणा गरेको छ । परिषद्ले सोमवार पत्रकार सम्मेलनमार्फत नेपाली कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’ अभियानको सद्भावना दूत (ब्रान्ड एम्बेसडर) घोषणा गरेको हो ।
परिषद्का अनुसार श्रेष्ठ र आचार्यको सामाजिक प्रभाव, जनस्तरसम्मको पहुँच तथा मानवीय अभियानप्रतिको प्रतिबद्धतालाई उपयोग गर्दै रक्तदान र नेत्रदानसम्बन्धी जनचेतना देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । तेरापन्थ युवक परिषद्, काठमाडौंले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा आफ्नो सेवा यात्राका उपलब्धि सार्वजनिक गर्दै आगामी कार्यक्रमसमेत घोषणा गरेको छ । परिषद्ले २५ वर्षको अवधिमा २५० भन्दा बढी रक्तदान शिविर सञ्चालन गरेको छ भने १४ जनाको मरणोपरान्त नेत्रदान सम्पन्न भएको छ ।
Read full story at source (kalakarmi.com)