तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको घोषणापत्र जारी
gorkhapatraonline.com · Mon Aug 24 12:02:46 GMT 2026

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८३ को १९ बुँदे घोषणापत्र जारी भएको छ । साउन २५–२७ गतेसम्म काठमाडौंमा आयोजित सम्मेलनको घोषणापत्र जारी भएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा आयोजित सम्मेलनले भाषाको संरक्षण, मातृभाषा पत्रकारिताको विकास, संस्कृति, पहिचान, मानव अधिकार र लोकतन्त्रको सुदृढीकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, पत्रकार, अभियन्ता र सरोकारवालाबिच भएको छलफलबाट सम्मेलनले १९ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको फोनिजका महासचिव समीर बलामीले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)