एक वर्षमा कञ्चनजङ्घा पुगे १३ सय बढी विदेशी पर्यटक, २७ लाख राजस्व सङ्कलन
ukeraa.com

ताप्लेजुङ : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो एक वर्षको अवधिमा एक हजार तीन सयभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्।
गत आर्थिक वर्ष २०८२/८३ मा कुल एक हजार ३३१ जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन्। उक्त सङ्ख्यामध्ये ७९ जना सार्क राष्ट्रका पर्यटक रहेका छन् भने अन्य विदेशी पर्यटक एक हजार २५२ जना कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादव जानकारी दिए।
Read full story at source (ukeraa.com)