गोरखाको धार्चे गाउँपालिकामा पहिलो पटक डेंगु संक्रमण पुष्टि
annapurnapost.com · Mon Aug 24 12:26:03 GMT 2026

गोरखा : जिल्लाको उच्च पहाडी भूभागमा रहेको धार्चे गाउँपालिकामा पहिलो पटक डेंगु संक्रमण पुष्टि भएको छ। वडा नम्बर ३ खोर्लाबेशीका दुई जना र वडा नम्बर १ हुल्चुकका एक बिरामीमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका संयोजक अमृत घलेले जानकारी दिए।
बिरामीहरुको गाउँपालिकाको खोर्लावेशीस्थित आधारभूत अस्पतालमा उपचार भइरहेको घलेले बताए। ‘हाम्रो धार्चेमा यसअघि डेंगु संक्रमण थिएन। यसपटक केही दिनको अन्तरालमा तीनजना बिरामीलाई डेंगु संक्रमण भएको पुष्टि भयो’, घलेले भने, ‘लामखुट्टे पनि खासै लाग्दैनथ्यो। खच्चड र मोटर चल्न थालेपछि लामखुट्टे पनि आयो, डेंगु पनि आयो ।’ समुद्री सतहदेखि १५०० सय मिटर उचाइमा अवस्थित माछाखोेला, खोर्लाबेशी, दोभानजस्ता ठाउँहरुमा पहिलोपल्ट डेंगु संक्रमण देखिएपछि स्थानीयबासीमा चिन्ता बढेको उनले बताए।
Read full story at source (annapurnapost.com)