हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
ratopati.com · Mon Aug 24 12:41:57 GMT 2026

हुम्ला। हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। किसानका स्याउका बोटमा फलेका दान बाँदर र विभिन्न प्रजातिका कीराले फलमा क्षति पुर्याउन थालेपछि समय नपुग्दै स्याउ बिक्री गर्न बाध्य भएका हुन्।
सोही कारणले गत असार २९ गते जिल्ला दररेट निर्धारण समिति, हुम्लाले स्याउको मूल्य निर्धारण गरेको छ। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिले क्रमशः ‘ए’ ग्रेडको प्रति केजी रु ६० ‘बि’ ग्रेडको प्रति केजी रु ५० र ‘सि’ ग्रेडको प्रति केजी रु ४० निर्धारण गरेको थियो।
Read full story at source (ratopati.com)