तास्मानियाविरुद्ध नेपाल 'ए' १९२ रनमा अलआउट
nagariknews.nagariknetwork.com · Wed Sep 02 04:41:59 GMT 2026
तास्मानियाविरुद्धको खेलमा नेपाल 'ए' १९२ रनमा अलआउट भएको छ। नेपाल 'ए' ले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९२ रन बनाएको हो।
नेपाल 'ए' का लागि त्रितराज दासले सर्वाधिक ३७ रन बनाए। उनले ६३ बलमा ३ चौका र १ छक्कासहित उक्त स्कोर बनाए। मायन यादवले ३२ तथा कुशल मल्लले २९ रन जोडे। दीपक डुम्रेले १८ रन बनाउँदा पवन सर्राफ २२ रनमा अविजित रहे। लोकेश बमले ११ रनको योगदान दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)