राज्यसँग आस मार्दै नागरिक: कुशको शव बनाएर धमाधम अन्त्येष्टि
nagariknews.nagariknetwork.com · Wed Sep 02 04:50:42 GMT 2026

भदौ १० गते बिहान साढे ६ बजे धादिङ सदरमुकाम धादिङबेंसी र आसपासका १४ दम्पतीसहित ३१ जना बा५ख १२५० नम्बरको बसमा रसुवाको गोसाइँकुण्डको यात्राका निस्किए। आफन्त र गाउँठाउँका साथीभाइसँगै एकसाथ यात्रामा निस्केका उनीहरू बेत्रावती पुग्दासम्म परिवारसँग सम्पर्कमै थिए। त्यतिबेलै भोटेकोसीमा आएको भीषण बाढीले माथिल्लो क्षेत्रबाट विनाश मच्चाउँदै बेत्रावतीसम्म क्षति पुर्याएको भनेर यात्रामा रहेकाहरूले नै परिवारका सदस्यलाई जानकारी गराएका थिए। तर उनीहरूले यति ठुलो बाढी आएको भनेर आकलन गर्नै सकेनन्। त्यसको केही मिनेटमै उनीहरूलाई यात्राकै क्रममा बाढीले छोप्यो। बाढीमा परी एउटै बसमा यात्रा गरिरहेका ३१ जनासहित धादिङका ११३ जना सम्पर्कविहीन छन्।
यात्रामा रहेका परिवारका सदस्य सम्पर्कबाहिर पुगेपछि आफन्त र छिमेकी खोजीमा जुटे र जीवितै भेटिने आशामा बेत्रावतीसम्म पुगे। बाढीको ताण्डवपछिको भयावह दृश्य देख्दा उनीहरूले यात्रुहरूको सास पाउने आस मारेका थिए तर पनि उनीहरूले राज्यका निकायलाई आफन्त खोजिदिन हारगुहार गरिरहे। सयौं नागरिक बेपत्ता भएकाले उनीहरूको गुहार फिक्का बन्यो। हराएका आफन्तको जीवन पाउने आशा गुमाउँदै गएका बेला प्रहरीले सार्वजनिक गरेका शवका फोटोकै पंक्तिमा गायत्री लम्साल पनि देखिइन्, जो त्यही बसका यात्रीमध्ये एक हुन्। भदौ १३ गते गायत्रीको शव पहिचानपछि बाँकी यात्रुको जीवनको आस पनि परिवारका सदस्यहरूले गुमाए।
Read full story at source (nagariknews.nagariknetwork.com)