छहरा साहित्य समाजको चौथो साधारण सभा सम्पन्न
kendrabindu.com · Mon Aug 24 13:04:42 GMT 2026

काठमाडौं । छहरा साहित्य समाज, धापासीको चौथो वार्षिक साधारण सभा धापासीस्थित ह्वाइट माउण्टेन स्कुलको सभाहलमा सम्पन्न भएको छ। टोखा नगरपालिका वडा नं. ६ का अध्यक्ष शान्ता पौडेलले गमलामा जल सिञ्चन गरी साधारण सभाको उद्घाटन गरेकी थिइन् ।
संस्थाका अध्यक्ष योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सभामा सचिव भोलानाथ प्रेमी उपाध्यायले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष आनन्द पौड्यालले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले गत वर्षको समीक्षा गर्दै आगामी आर्थिक वर्षको अनुमानित आय-व्यय, प्रस्तावित कार्यक्रमहरू र लेखापरीक्षकमा ज्ञानेन्द्रप्रसाद दाहालको पुनर्नियुक्ति सर्वसम्मत अनुमोदन गरेको छ।
Read full story at source (kendrabindu.com)