भोलि सार्वजनिक हुँदै नेपालमै बनेको विद्युतीय स्कुटर ‘यात्री पी-टु’
techpana.com · Mon Aug 24 13:00:31 GMT 2026

काठमाडौं । नेपालमै उत्पादित विद्युतीय स्कुटर ‘यात्री पी-टु’ सार्वजनिक हुने भएको छ । स्वदेशी स्टार्टअप ‘यात्री मोटरसाइकल्स’ले भोलि मङ्गलबारदेखि सुरु हुने नाडा अटो शोको पहिलो दिन औपचारिक रूपमा सार्वजनिक गर्न लागेको हो ।
यात्रीले यो सिप्रदी ट्रेडिङसँगको जोइन्ट भेन्चरमा उत्पादन गरेको हो । यस परियोजनामा सिप्रदी ट्रेडिङ मुख्य लगानीकर्ताको भूमिकामा रहेको छ भने यात्री मोटरसाइकल्सले बजार अध्ययन, अनुसन्धान, डिजाइन र प्राविधिक विकासको सम्पूर्ण जिम्मेवारी सम्हालेको छ ।
Read full story at source (techpana.com)