अधिक तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
baahrakhari.com · Fri Jul 10 08:18:56 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ९१ दिनको लागि ६० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएका कारण शुक्रबार सो रकमबराबरको निक्षेप संकलन गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूमा करिब १२ खर्ब रुपैयाँ बढी अधिक लगानीयोग्य पुँजी (तरलता) रहेकोले राष्ट्र बैंकले यसलाई पटक–पटक मौद्रिक उपकरणमार्फत प्रशोचन गर्दै व्यवस्थापन गरिरहेको छ । कर्जाको माग नबढ्दा लामो समयदेखि यही स्थिति छ ।
Read full story at source (baahrakhari.com)