पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्छ भन्ने विश्वास छैन : केसी
onlinekhabar.com · Mon Aug 24 13:27:53 GMT 2026

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक दलको आन्तरिक, कानुनी र संवैधानिक व्यवस्थापन हेर्ने अन्तिम निकाय निर्वाचन आयोग नै भएको टिप्पणी गरेका छन् । सोमबार संघीय संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै नेता केसीले पार्टीका आन्तरिक मामिलामा अदालत प्रवेश नगर्ने बताएका हुन् ।
‘अदालत कुनैपनि पार्टीको आन्तरिक राजनीतिमा प्रवेश गर्छ भन्ने मलाई विश्वास छैन,’ कांग्रेसको आधिकारिता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको निस्सा दिने आदेशबारे सोधिएको प्रश्नमा केसीले भने, ‘अप्रत्याशित रूपमा आएको निर्णयलाई स्वीकार गरे पनि यसबाट विचलित हुनुपर्ने वा तर्सिनुपर्ने अवस्था छैन ।’
Read full story at source (onlinekhabar.com)