एक वर्षमा १० वर्ष मुनिका २५० बालिका बलात्कृत, अधिकांश पीडक चिनेजानेकै
onlinekhabar.com · Mon Aug 24 13:33:39 GMT 2026

८ भदौ, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानरपालिका–१ दशधुरे सुकुमवासी बस्तीबाट ३१ साउन बिहान ८ बजेतिर ३ वर्षीया बालिका बेपत्ता भइन् । बिहान ८ बजेसम्म सँगै रहेकी बालिका बेपत्ता भएपछि परिवारले करिब ३ घण्टासम्म खोजी गर्यो । तर बालिका कत्तै भेटिइनन् ।
त्यसपछि उनीहरू पथलैया र सिमरा प्रहरी कार्यालय पुगे । प्रहरीले पनि बालिकाको अवस्था पत्ता लगाउन सकेन । तर हराएको दुई दिनपछि २ भदौ साँझ पौने ६ बजेतिर एकाएक बेपत्ता बालिकाको शव जितपुर सिमरा उपमहानरपालिका–१ भक्तिनगरमा भेटियो ।
Read full story at source (onlinekhabar.com)