रसुवाका बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग
ratopati.com · Thu Aug 27 19:43:10 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको घाउमा मलम लगाउन नवलपुरको देवचुली नगरपालिकाले आर्थिक सहयोगको घोषणा गरेको छ । नगरपालिकाले विपद्मा परेकाहरूको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
नगर कार्यपालिकाको भदौ ११ गते बसेको बैठकले बाढी र पहिरोका कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको हात अगाडि बढाएको हो । नगरपालिकाका अनुसार कुल ८ लाख रुपैयाँमध्ये नगरपालिकाको तर्फबाट ४ लाख रुपैयाँ र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको तर्फबाट ४ लाख रुपैयाँ संकलन गरी कोषमा जम्मा गरिनेछ ।
Read full story at source (ratopati.com)