भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने
ratopati.com · Thu Aug 27 19:42:43 GMT 2026

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै इन्द्रावती गाउँपालिकाले राहत स्वरूप रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले बाढीपीडितको उद्धार तथा राहतका लागि गाउँपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय तथा कर्मचारीबाट एक दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय पनि गरिएको छ ।
Read full story at source (ratopati.com)