बाइकमा ह्विल लक लाग्नु मात्रै थियो कि आत्मदाहको पछाडि अरू पनि कारण थिए?
barnanmedia.com · Fri Jul 10 09:04:46 GMT 2026

काठमाडौं । काठमाडौंको राहदानी विभाग अगाडि पार्किङ गरिएको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्विल लक लगाएपछि २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उपचारका क्रममा उनको वीर अस्पतालमा निधन भइसकेको छ। तर, उनको आत्मदाह प्रयासको वास्तविक कारण के थियो भन्ने प्रश्न अहिले पनि अनुसन्धानकै विषय बनेको छ।
घटना बिहीबार दिउँसो राहदानी विभागको मुख्य गेट अगाडि भएको थियो। फुटपाथमा पार्किङ गरिएको भन्दै नगर प्रहरीले गणेश नेपालीको मोटरसाइकलमा ह्विल लक लगाएको थियो। त्यसलगत्तै उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका थिए। प्रहरी र स्थानीयले तत्काल उद्धार गरी उनलाई वीर अस्पताल पुर्याएका थिए।
Read full story at source (barnanmedia.com)