बजेट अभाव हुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती
setopati.com · Tue Feb 02 17:46:00 UTC 2021
विरानगर, २० माघ। पर्याप्त बजेट अभाव हुँदा सिमसारको दिगो उपयोग, यसको प्रयोजन र व्यवस्थापन चुनौती बन्दै गएको छ। बजेटकै कारण कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता र जनावर स्थानीय जनताका लागि आयआर्जनको माध्यम भए पनि यसको उचित व्यवस्थापन गर्न नसकिएको हो।
त्यस्तै भावी पुस्तालाई सुन्दर पृथ्वी हस्तान्तरण गर्न सिमसार क्षेत्रको पहिचान, अस्तित्व र महत्वलाई सबैले बुझ्न जरुरी छ तर त्यतातर्फ ध्यान गएको देखिँदैन। विश्वका करिब आधा जनसङ्ख्या हाल शहरी क्षेत्रमा बसोबास गर्दछन्। मानिसको बसाइ, रोजगारी र राम्रो अवसरका लागि शहरतिर जाने क्रम सन् २०५० सम्म बढ्ने देखिन्छ।
Read full story at source (setopati.com)