उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित
ratopati.com · Mon Aug 24 14:01:11 GMT 2026

कञ्चनपुर । आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा कञ्चनपुरका किसान र फस्ट च्वाइस फुड्स लिमिटेडबीच यहाँका किसानले ८० बिघा जमिनमा उत्पादन गरेको आलु खरिद गर्ने सम्झौता भएपछि किसान खुसी भएका हुन् ।
आलु उत्पादनमा आबद्ध किसानले बजारको समस्या नहुने भएपछि किसान आलुखेतीको थप विस्तारमा लाग्ने भएका छन् । दुई बिघा जमिनमा आलुखेती गर्दै आउनुभएका कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरका कलुवा कामी यस वर्ष खेती विस्तार गरेर पाँच बिघा पुर्याउने तयारीमा छन् ।
Read full story at source (ratopati.com)