धर्ती तात्दै गर्दा हाम्रा जिम्मेवारी
ukaalo.com · Sun Jun 02 07:00:31 UTC 2024

मानवीय गतिविधिका कारण वायुमण्डलमा हरितगृह ग्यास (ग्रिनहाउस ग्यास) को मात्रा बढ्दै गएको छ। वायुमण्डलमा खराब ग्यास बढ्नुको खास कारण मानवीय गतिविधि हो। मानवीय सुखसुविधाका लागि अत्यधिक इन्धन प्रयोग गर्दै उद्योगधन्दा चलाउँछौँ। ती उद्योगबाट आधारभूत आवश्यकताका वस्तुसँगै मानवीय सुखसुविधा र विलासिताका उत्पादन भइरहेका हुन्छन्। यात्राका लागि सवारीसाधन चलाउँछौँ। यी सबै क्रियाकलाप बढ्दै जाँदा वायुमण्डलमा कार्बन डाइअक्साइड र मिथेनलगायतका ग्यास बढ्छन्। त्यसले पृथ्वीलाई झनै तातो बनाउँछ, बनाउँदै लगेको छ।
Read full story at source (ukaalo.com)