सत्ता, शक्ति र देशको यथार्थ : आखिर कसले बुझ्ने जनताको पीडा ?
nepalpress.com · Fri Jul 10 09:32:54 GMT 2026

केही महिनाअघि युवाहरू सडकमा उत्रिए । उनीहरूको आक्रोश कुनै राजनीतिक दलको झण्डामुनि जन्मिएको थिएन, त्यो निराशाबाट जन्मिएको थियो । रोजगारीको अभाव, भ्रष्टाचार, अवसरको असमानता, सुस्त राज्य संयन्त्र र भविष्यप्रतिको अन्योलले एउटा पुस्तालाई विद्रोह गर्न बाध्य बनाएको थियो । त्यही जनआक्रोशले पुरानो सत्ता परिवर्तन गरायो, नयाँ नेतृत्व जन्मायो र परिवर्तनको आशा जगायो । तर सय दिन नबित्दै फेरि प्रश्न उठ्न थालेको छ-के नयाँ सत्ता पनि पुरानै बाटोमा हिँड्दै छ ?
सत्तामा पुगेपछि राज्यको ध्यान प्रायः ठूला परियोजना, ठूला भाषण र ठूला घोषणातिर केन्द्रित हुन्छ । तर जनतासँग प्रत्यक्ष जोडिने राज्यका सबैभन्दा महत्त्वपूर्ण पुल स्थानीय सरकार र प्रहरी प्रशासन हुन् । नागरिकले दैनिक रूपमा भेट्ने, महसुस गर्ने र मूल्याङ्कन गर्ने राज्य त्यही हो । दुर्भाग्यवश, त्यही तहमा राज्य फेरि चुकिरहेको देखिन्छ । सेवा, संवेदनशीलता र सहजीकरणभन्दा नियम, प्रक्रिया र शक्ति प्रदर्शन ठूलो बन्दै गएको अनुभूति सर्वसाधारणमा बढ्दो छ ।
Read full story at source (nepalpress.com)