हनर एक्स १० म्याक्स फाईभजि सार्वजनिक, सबैभन्दा ठुलाे फाईभजि स्मार्टफोन
gadgetframe.com · Sun Jul 05 03:15:00 UTC 2020
काठमाडौं । हुवावेको अर्को ब्राण्डको रुपमा रहेबको हनरले निकै नै ठुलो फाईभजि स्मार्टफोन सार्वजनिक गरेको छ । हनरले ठुलो फाईभजि स्मार्टफोन हनर एक्स १० म्याक्स फाईभजि सार्वजनिक गरेको हो । याे स्मार्टफोन प्रभावशाली र आर्कषक विशेषतहरु रहेको छ । हनर एक्स १० फाईभजिको चिनियाँ बजार मुल्य १ हजार ८ सय ९९ युआन रहेको छ ।
कस्तो छ त हनर एक्स १० फाईभजि ?
हनर एक्स १० म्याक्स फाईभजि यस ब्राण्डको मध्य स्तरको फोन हो । यसमा अन्य फाईभजि फोनको दाँजोमा ठुलो डिस्प्ले रहेको छ । यसमा केही रमाईलाे र आर्कषक विशेषताहरु रहेको छन् । आउनुहोस् यस स्मार्टफोनको बारेमा थप विस्तृत रुपमा बुझौं-
डिजाईन र डिस्प्ले
हनर एक्स १० म्याक्स फाईभजिको कुरा गर्नुपर्दा यो फोन मे २०२० मा सार्वजनिक गरिएको हनर एक्स १० जस्तो रहेको छ । यसमा ७.०९ ई्रन्चको फुल एचडि आईपिएस डिस्प्ले प्रयोग गरिएको छ जसको रिजोलुसन २२८०x१०८० पिक्सल रहेको छ । यसमा आरजिबिड्ब्लु प्यानलको प्रयोग गरिएको छ जसको कारण यसको डिस्प्लेले कम मात्रमा चार्ज खपत गर्ने कम्पनि दाबी गर्दछ । यसमा पप अप क्यामरा पनि रहेको छ ।
क्यामरा
हनर एक्स १० म्याक्स फाईभजिकाे क्यामराको कुरा गर्नुपर्दा यसको पछाडि भागमा २ वटा क्यामरा रहेको छ । यसको प्राईमेरी क्यामरा ४८ मेगापिक्सलको रहेको छ भने दोस्रो २ मेगापिक्सलको डेप्थ सेन्सर रहेको छ । यसको अगाडि भागमा ८ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ ।
चिपसेट
हनर एक्स १० म्याक्स फाईभजिमा मेडियाटेक डाईमेनसिटी ८०० फाईभजि चिपसेट प्रयोग गरिएको छ । हुवावेले किरिन चिपसेटको प्रयोग गरेको छैन किनभने अमेरिकाले धेरै चिपसेट कम्पनिहरुलाई हुवावेलाई चिप बिक्रि गर्नबाट प्रतिबन्ध गरेको छ । यो ६ जिबि र्याम १२८ जिबि ईन्टरनल स्टोरेज र ८ जिबि र्याम १२८ जिबि ईन्टरनल स्टोरेज सहित उपल्ब्ध रहेको छ ।
ब्याट्रि
हनर एक्स १० म्याक्स फाईभजिमा ५००० एमएएचको ब्याट्रि रहेको छ जसले २२.५ वाटको फास्ट चार्जिङलाई सर्पोट गर्दछ । यो तीन भिन्न रंगमा उपल्ब्ध छ ।
हनर एक्स १० म्याक्स फाईभजि विशेषताहरु
Display:
7.09-inch Full HD+ IPS LCD display with a resolution of 2280 x 1080 pixels, 91% screen-to-body ratio
Processor
: MediaTek Dimensity 800 5G chipset.
Memory
: 6GB/8GB LPDDR4X RAM with internal storage 128GB expandable using Huawei’s proprietary NM card
Software
: Magic UI 3.1.1 based on Android 10.
Rear Camera
:
48MP, f/2.4, EIS, 10X digital zoom
8MP wide-angle
2MP Depth Sensor
Front Camera
: 8MP selfie snapper.
Battery
: 5,000mAh battery with 22.5W fast charging
Colors: Probing black, Racing Blue, and Lightspeed Silver.
Sensor:
Fingerprint Sensor, Ambient light sensor, Gyro, compass, NFC, Status Indicator, Proximity light sensor & Gravity sensor
Connectivity
: 5G (SA/ NSA) / Dual 4G VoLTE, Wi-Fi 802.11 a/b/g/n/ac , Bluetooth 5, GPS/GLONASS/Beidou, USB Type-C and 3.5mm audio jack
नेपाली बजार मुल्य
हनर एक्स १० म्याक्स फाईभजि चिनमा जुलाई ३ देखि बिक्रि सुरु गरिएको छ । यसको चिनियाँ बजार मुल्य १ हजार ८ सय ९९ युआन तोकिएको छ । यसको अनुमानित नेपाली बजार मुल्य ३४ हजार ९ सय ९९ रुपैंया रहेको छ ।
फाेन
र्याम
चिनियाँ बजार मुल्य
नेपाली बजार मुल्य (अनुमानित)
हनर एक्स १० म्याक्स फाईभजि
६ जिबि+ ६४ जिबि
१८९९ युआन
रु.३४,९९९
६ जिबि+ १२८ जिबि
२०९९ युआन
रु.३७,९९९
८ जिबि+ १२८ जिबि
२४९९ युआन
रु.४४,९९९
Read full story at source (gadgetframe.com)