घण्टौँ भिडिओ स्क्रोल गर्दा मस्तिष्कमा के हुन्छ ?
baahrakhari.com · Mon Aug 24 14:53:54 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालमा लगातार छोटो भिडियो अर्थात् रिल्स स्क्रोल गर्ने बानीले मस्तिष्कको सक्रियता र आत्मनियन्त्रणसँग सम्बन्धित प्रणालीमा असर पार्न सक्ने देखिएको छ । चीनको झेजियाङ विश्वविद्यालयका युजेङ हुको नेतृत्वमा गरिएको नयाँ अध्ययन बाट लामो समयसम्म सर्ट भिडियो हेर्दा मस्तिष्क ‘फ्लो’ अर्थात् अत्यधिक तल्लीन हुने अवस्थामा पुग्न सक्ने देखिएको हो ।
अनुसन्धानमा विशेष गरी मस्तिष्कको अगाडिको भागमा रहेको डोर्सल एन्टेरियर सिंगुलेट कोर्टेक्समा ग्लुटामेट र गामा–एमिनोब्युटिरिक एसिडको स्तर मापन गरिएको थियो । यसनिम्ति प्रोटोन म्याग्नेटिक रेजोनेन्स स्पेक्ट्रोस्कोपी प्रयोग गरिएको थियो ।
Read full story at source (baahrakhari.com)