सादगी देखाउने प्रधानमन्त्रीले संसदको सम्मान गर्नुपर्छ: अर्जुननरसिंह केसी
kendrabindu.com · Mon Aug 24 14:57:22 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहले मुस्ताङ भ्रमणमा देखाएको सरलता संसद्मा देखाए राम्रो हुने बताएका छन् । प्रधानमन्त्री शाहले मुस्ताङ भ्रमणमा जाँदा दुई–चार गाडी नलगेर तामझाम नगरेर सरलता देखाएको टिप्पणी गर्दै सांसद केसीले त्यही सरलता संसद्मा देखाउन आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीजी मुस्ताङ जानुभयो । त्यसभित्र के कस्ता किसिमका राजनीतिक या धार्मिक, गैरराजनीतिक परिवेशमा छ, म त्यतातिर प्रवेश गर्न चाहन्न,’ केसीले भने, ‘तर, जुन साधारण ढंगले उहाँ जानुभयो नि, म त्यसलाई प्रशंसा गर्न चाहन्छु ।’ त्यही सरलता संसद्मा देखाउन प्रधानमन्त्री शाहसँग उनले आग्रह गरे ।
Read full story at source (kendrabindu.com)