गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु, विवरण संकलन जारी
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप सोमबार साँझ गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार मृतकको परिचय खुलेको छैन । जीपमा कति यात्री सवार थिए यकिन पनि भएको छैन । जिप चालक र केही घाइतेलाई गल्याङ नगर अस्पताल पुर्याइएको छ । दुर्घटनाको विवरण सङ्कलन जारी छ ।
Read full story at source (hamrakura.com)