विभिन्न देशका अनलाइन ठगीमा परेका ८३६ नेपालीको उद्धार
annapurnapost.com · Fri Jul 10 10:04:29 GMT 2026

काठमाडौं : दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण–पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको जानकारी दिएका हुन् ।
हालसम्म कम्बोडियाबाट ७०९, म्यानमारबाट ११३, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जना नेपालीको उद्धार गरिएको उहाले बताउनुभयो । उहाले कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढी बसेका नेपालीहरूको भिसा शुल्क र जरिवाना मिनाहा गर्दै आएको र ६०२ जना नेपालीको जरिवाना र शुल्क मिनाहा गरिदिएको उल्लेख गरे । उनले कम्बोडियाबाट नेपाल फर्कन अनिच्छुक रहेका नेपालीका आफन्तहरूलाई उनीहरूलाई अनिवार्य रूपमा नेपाल फर्कनका लागि पहल गरिदिन विशेष आह्वान गरिएको बताए ।
Read full story at source (annapurnapost.com)