कामना सेवा विकास बैंकको साधारण सभा आव्हान, लाभांश प्रस्ताब पारित गर्ने
arthasansar.com · Mon Aug 24 15:01:47 GMT 2026

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आव्हान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमाण्डौंमा हुने बैंकले जनाएको छ ।
उक्त साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२/८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व. को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने, बाह्रय लेखा परिक्षक नियुक्ती गर्ने लगायतका अन्य प्रस्तावहरु रहेका छन् ।
Read full story at source (arthasansar.com)